Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-05-27

Madhes, Bara, Adarshkotwal, Ward 2

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाको प्रहरीले आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया टोलका ४० वर्षीय लखिन्द्र हजरा भनिने तुलसी हजरालाई घटनास्थलबाट जेठ १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १३ गते शौच गर्न गएको बेला आरोपितले बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । आरोपितविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ १४ गते उजुरी दिएको छ । पीडित महिलाको उपचार जेठ १३ गते कलैया अस्पतालमा भइरहेकोमा कलैया अस्पतालले पीडितको सिटी स्क्यान गर्न जेठ १४ गते बीरगंज रेफर गरेको छ । घटनामा संलग्न अर्का आरोपित सोही ठाउँका ३२ वर्षीय छोटेलाल हजरा ‘फरार’ रहेको प्रहरीले जनाएको छ । पीडित महिलाको पतिले न्यायका लागि पहल गरिदिन जेठ १४ गते इन्सेक जिल्ला प्रतिनिधिलाई निवेदनमार्फत अनुरोध गरेका छन् । इन्सेक जिल्ला प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि पहल गर्नुभएको इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधामले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments