Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-05-24

Karnali, Salyan, Tribeni, Ward 2

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९ जेठ १० गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जेठ १२ गते इलाका प्रहरी कार्यालय, लुहाममा जबरजस्ती करणी प्रयास अन्तरगत लिखित उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख डीएसपी सुमित खड्काले जानकारी दिनु भएको छ । पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते जिल्ला अस्पताल, सल्यानमा भएको छ । आरोपितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी खड्काले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments