Incident Reports

कांग्रेस कार्यकर्ताको घरमा आगजनी

2022-05-22

Madhes, Sarlahi, Dhankaul, Ward 7

धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको छ । उक्त समूहले जेठ ८ गते राति ११ बजे पेट्रोल छर्केर लगाएको आगोले अन्नपात, लत्ताकपडा, झ्याल, ढोका, इलेक्ट्रोनिक सामान, नगद ५० हजार रुपियाँ गरी करिब १० लाख रुपियाँ बराबरको क्षति भएको लिखित उजुरीमा उल्लेख गरिएको पीडितले बताउनु भएको छ । मौखिक जानकारीका आधारमा इलाका प्रहरी कार्यालय हरकठवा र सशस्त्र प्रहरी बलबाट गएको सुरक्षाकर्मीको संयुक्त टोलीले स्थानीयबासी समेतको सहयोगमा दमकलको प्रयोग गरी आगजनी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भएको छ । पीडितको उजुरी पश्चात घटनामा संलग्न रहेको आशङ्काको आधारमा नेकपा माओवादी (केन्द्र)का कार्यकर्ता धनकौल गाउँपालिका–७ छतौलका ३२ वर्षीय सखिन्द्र यादवलाई जेठ ११ गते गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको पनि डिएसपी बुढाथोकीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC

0 Comments