Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2022-05-16

Madhes, Dhanusha, Kamala, Ward 1

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कमला नपा–१ मोगराहाका ३८ वर्षीय गुरुदयाल मण्डलविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी जेठ १२ गते दर्ता भएको छ । पीडित महिलालाई आरोपितले जेठ २ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ । पीडितले इलाका प्रहरी कार्यालय खजुरीमा जेठ ३ गते दिएको उजुरी जेठ १२ गते मात्रै दर्ता गरिएको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ३ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ । आरोपित भारततर्फ भागेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय खजुरीका इन्स्पेक्टर निरञ्जन घिमिरेले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments