Incident Reports

विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कार प्रयास गरेकाे आराेपमा युवक पक्राउ

2022-05-27

खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेकाे आराेप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।  प्रधानमाथि एक्लै भएको मौका पारेर नावबलिकालाई समाएर बोकेर घारीमा लगी संवेदनशील अङ्‍ग समाउँदै भुइँमा लडाएर पेन्ट खोली बलात्कार प्रयास गरेकाे अभियोग छ । बलात्कार प्रयासकाे क्रममा नाबालिका भाग्‍न सफल भएको प्रहरीले जनाएको छ । आराेपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकाे थियाे । पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बलात्कार प्रयास भएपछि बालिकाले रुँदै चिच्याउँदै प्रतिकार गरेकी तर चिच्याउँदा पनि अभियुक्तले मुख थुनेर बलात्कार प्रयास भने गरेको पीडित बालिकाको भनाइ उदृत गर्दै परिवारले जनाएको छ । घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर प्रधानलाई माफ मगाइ मिलापत्र गराइएको थियो । तर, आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङ बजारमा जाहेरी दिन पुगेकाे हाे । अभियुक्तले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्ब्यबहारकाे प्रयास गरेको आफन्तकाे दाबी छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments