Incident Reports

पतिसमेतले कुटपिट गरेको आरोपमा उजुरी दर्ता l

2014-08-30

Madhes, Rautahat, Gujara

Bipeen Gautam प्रतापपुर पल्टुवा गाविस-१ की २२ वर्षीया बिनादेवी पासवानलाई पति २६ वर्षीय रामविलास पासवान, जेठाजु ३० वर्षीय रामविश्वास पासवान र जेठानी २८ वर्षीया निर्मलादेवी पासवानले ०७१ भदौ ११ गते कुटपिट गरी घाइते बनाएको आरोपमा पीडितले प्रहरीको महिला तथा बालबबालिका सेवा केन्द्रमा भदौ १४ गते उजुरी दर्ता गराएकी छिन्। आरोपित पतिसँग आफ्नो जातीय परम्पराअनुसार पाँच वर्षअघि विवाह भइ एक छोरीको जायजन्म भएको दुई वर्षभइसकेको अवस्थामा हाल आएर पतिले नराम्री भएको भन्दै मानसिक यातना दिन थालेको र पतिको भनाइमा लागि जेठाजु तथा जेठानीसमेत मिलेर भदौ ११ गते बिहान कुटपिट गरी घाइतेसमेत बनाएको पीडितले बताइन् । महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी हबलदार बिनस धामीले पीडितको उजुरी दर्ता गरी आरोपितहरूलाई छलफलको लागि बोलाइएको बताइन् । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis