Incident Reports

अज्ञात समुहद्वारा गोली हानी महिलाको हत्या l

2014-08-29

Madhes, Dhanusha, Mithila Bihari

Binod Kumar Rabidas नोकोल्बा गाविस-५ स्थित घरमा भदौ १३ गते राती एक महिलाको सुतेकै ठाउँमा गोली हानी हत्या भएको छ । अज्ञात समूहले २३ वर्षीया अमृता देवी महतोको छातीमा एक गोली हानेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्सपेक्टर विरेन्द्र ठाकुरले बताए । घटनास्थलमै उनको मृत्यु भएको इन्सपेक्टर ठाकुर जानकारी दिए । उनी सुतेको कोठाको झ्यालबाट अज्ञात समूहले गोली हानेको प्रहरीले जनाएको छ । डेढ वर्षअघि नोकोल्बा-५ का ३० वर्षीय श्रवन महतोले कान्छी पत्नीको रुपमा अमृतासँग विवाह गरेका थिए । श्रवनले बहुविवाहको गरेको कारण जेठी पत्नी ललिता देवी महतोले जिल्ला अदालत सर्लाहीमा अंश मुद्दा दिएकोले मुद्दा चलिरहेको प्रहरीले बतायो । श्रवनको जेठी पत्नी ललिता भारतको विहार स्थित माइती बसेर हत्याको योजना बनाइ मान्छे लगाएर हत्या गराएको प्रहरी समक्ष श्रवनले बयान दिइ भदौ १६ गते जाहेरी दिने भएको प्रहरी निरिक्षक ठाकुरले जनाए । लासको जिल्ला अस्पताल र्सलाहीमा भदौ १४ गते पोष्टमार्ट गराई मृतकको पति श्रवनलाई बुझाइयो । घटनाको अनुसन्धान भइरहेका प्रहरी निरिक्षक विरेन्द्र ठाकुरले बताए । विनोद कुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis