Incident Reports

जोरपाटीको सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहार आरोप, वार्डेन खोज्दै प्रहरी

2022-06-04

Bagmati, Kathmandu, Gokarneshwor

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगका शनिबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। यसअघि प्रहरीले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।  उनीहरुकै सूचनाका आधारमा रामेछापमा रहेका होस्टल वार्डेन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। होस्टलमा बस्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि होस्टेल वार्डेनको खोजी भइरहेको प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डराज न्यौपानेले जानकारी दिए। ‘यौन दुर्व्यवहार भएको भन्ने छ। जाहेरी आइसकेको छैन,’ उनले भने, ‘बलात्कार हो भन्ने कुराहरू पनि आइरहेका छन्। तर हामीले सोधपुछ गर्न पाइसकेका छैनौं।’ तीन जना छात्रामाथि दुर्व्यवहार गरेको खुलेको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth unknown
National/Online Media

0 Comments