Incident Reports

दार्चुलामा करणीको आरोपमा दुई जना पक्राउ

2022-06-01

Sudurpashchim, Darchula, Lekam, Ward 4

दार्चुला — एकल महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिंह धामी र शैल्यशिखर नगरपालिका–९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद छन् । दार्चुलाका प्रहरी डिएसपी प्रतिक विष्टका अनुसार शुक्रबार जबरजस्ती करणी गरेको दुई मुद्दा दर्तापछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । धामी र कार्कीले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । महिलामाथि यही जेठ १७ गते नातामा देवर पर्ने धामीले आफ्नै घरमा करणी गरेको र जेठ १८ गते पनि करणीको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ । त्यस्तै शैल्यशिखर नगरपालिका–९ बस्कोटका साउदले जेठ १९ गते जबरजस्ती करणी गरेको पीडित महिलाको जाहेरी छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अदालत बन्द रहेकोले म्याद थप गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments