Incident Reports

किशोरी बलात्कार आरोपमा बाँकेबाट ७ जना पक्राउ

2022-06-05

Lumbini, Banke, Baijanath, Ward 8

काठमाडौं : बाँकेमा १६ वर्षीया किशोरीलाई बलात्कार अभियोगमा ७ जना पक्राउ परेका छन्। १७ वर्षका २ र १६ वर्षका एक किशोरसहित ७ जनालाई आइतबार नियन्त्रणमा लिएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले थाहा खबरलाई जानकारी दिए। बाँकेको बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारू, विश्वनाथ थारू, विक्रम थारू र निराजन थारूसहित ३ किशोर पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले मोटरसाइकलको बिचमा राखी हिँडिरहेको अवस्थामा आइतबार बिहान ४ बजे फेला पारी सोधपुछ गरेको थियो। सोही क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले फेसबुकमार्फत चिनजान भई जन्मदिनको उत्सव मनाउन निम्ता दिएका र सोही क्रममा बलात्कार गरेको खुलेको हो।

जन्मोत्सव मनाउन गएकी किशोरीलाई मदिरापान गराई बैजनाथस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाई राजकुमार थारूलगायत ५ जनाले जबरजस्ती करणी गरेको खुलेको डिएसपी न्यौपानेले बताए। उनका अनुसार बलात्कारपछि उनीहरूले विश्वनाथ र अर्का एक किशोरलाई ती किशोरीलाई घरसम्म पुर्‍याउन लगाएका थिए। किशोरीलाई घरसम्म पुर्‍याउने क्रममा दुईजना पक्राउ परेपछि घटनाबारे खुल्न आएको प्रहरीले जनाएको छ। पाँचजना बलात्कारका अभियुक्तसहित दुईजना सहयोगीलाई पनि मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments