Incident Reports

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

2022-06-06

(लमजुङ) — आफ्नै छोरीलाई जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एक जना अधबैंसेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार एकजना ४५ वर्षीय अधबैंसेले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जवर्जस्ती करणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार किशोरी नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बुवालाई पक्राउ गरिएको हो । तिनै किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई यही बैशाखमा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाइसकेको छ । चैत ३० गतेको घटनामा ती युवकले किशोरीलाई नजिकैको बजारमा खाजा खान लगेपछि साँझपख भीषण वर्षा भएपछि होटलमा लगेर जबर्जस्ती करणी गरेको घटनामा प्रहरीले युवकविरुद्ध मुद्दा चलाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments