Incident Reports

बाँकेमा ७० वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ  :: सेतोपाटी संवाददाता :: Setopati

2022-06-07

Lumbini, Banke, Nepalgunj, Ward 18

बाँकेको नेपालगञ्जमा ७० वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोकी ७० वर्षीया लिलावती गुप्तालाई कुटपिट गरी हत्या गरेको आरोपमा गाउँकै ३० वर्षीय कोइली भनिने शिवकुमार बढई पक्राउ परेका हुन्। बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले गएराति दश बजेर ५० मिनेट जाँदा शिवकुमार बढईले लिलावती गुप्तामाथि कुटपिट गरेको बताए। प्रहरीका अनुसार गुप्ताको पसलमा शिवकुमार नशालु पदार्थ सेवन गरी पुगेको र त्यही क्रममा सामान किन्ने क्रममा विवादमा गुप्तामाथि कुटपिट गरेका थिए। शिवकुमारको कुटपिटबाट घाइते गुप्ताको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डिएसपी न्यौपानेले बताए। त्यसपछि फरार रहेका शिवकुमारलाई खोजतलास गर्ने क्रममा प्रहरीले नेपालगञ्ज – १५ जमुनाहा नाका क्षेत्रबाट पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

National/Online Media

0 Comments

Related Reports