Incident Reports

कथित बोक्सी आरोपमा कुटपिट गर्नेविरुद्ध उजुरी l

2014-09-01

Madhes, Saptari, Belhi Chapena

Manohar Kumar Pokharel सप्तरी । ०७१ भदौ १६ गते बेल्ही चपेना गाविस-७ छतापुरकी ४२ वर्षीया रेश्मा कुमारी साहलाई कथित बोक्सीको आरोपमा कुटपिट गर्ने सोही ठाउँका ३५ वर्षीय शत्रुघ्न साह र निजका भाई ३३ वर्षीय फनिलाल साहविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ १६ गते उजुरी दिएकी छन् । आरोपित शत्रुघ्नका छोरी १७ वर्षीया रेखाकुमारी साहलाई टुनामुना गरी विरामी पारेको भन्दै घरमा सुतिरहेकी पीडितलाई आरोपितहरूले भदौ ११ गते जगल्ट्याँदै कुटपिट गर्नुका साथै घिसारेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । विवाहित रेखा माइत आएकै दिन भदौ ११ गते विरामी परी काम्दै छिमेकी रेश्माको नाम उच्चारण गरेकाले आरोपितहरूले बोक्सी भन्दै कुटपिट र दुर्व्यवहार गरेको गाउँलेले बताए । घटना मिलाउने मनसायले गाउँमा भदौ १२ गतेदेखि १४ गतेसम्म लगातार तीन दिनसम्म भएको छलफलमा आरोपितहरूले धामी बोलाई पीडितलाई बोक्सी साबित गरेर छाड्ने अडान लिएपछि सहमति हुन नसकेको पीडितकी छोरी बिमलाकुमारी साहले बताइन् । पीडितका पति दैलेखमा शिक्षक पदमा कार्यरत छन् भने छोरा भारतको हैदराबादमा अध्ययनरत छन् । चार छोरीमध्ये दुई छोरीको विवाह भइसकेकाले पीडित दुई नाबालिका छोरीसँग घरमा बसेकी छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis