Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

2022-06-02

Karnali, Jumla, Guthichaur, Ward 5

१७ वर्षीया एक बालिकालाई गुठीचौर गाउँपालिका–५ का दुई जनाले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन् । सोही गाउँपालिका–३ स्थित खेतमा पानी सिचाई गर्न गएको अवस्थामा जेठ २३ गते साँझ २० वर्षीय विवेक गिरी र २० वर्षकै पारस देवकोटाले बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका हुन । बलात्कार घटनाका आरोपित फरार रहेको जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनु भएको छ । डीएसपी चन्दले भन्नुभयो “हामी थप अनुसन्धान र आरोपितको खोजी कार्यमै छौँ ।” पीडित बालिकाको जेठ २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments