Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-06-06

Lumbini, Pyuthan, Pyuthan, Ward 3

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले प्यूठान नगरपालिका– ३ का २५ वर्षीय गोविन्द्र विकलाई  जेठ २५ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जेठ २४ गते इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले बताउनु भयो । बालिका खेली रहेको समयमा यौन दुर्व्यवहार गरेको पीडितका आफन्तले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments