Incident Reports

दाइजोमा कार नदिँदा यातना

2022-06-11

Madhes, Rautahat, Garuda, Ward 5

रौतहट — दाइजोमा कार नदिएको झोंकमा गरुडा नगरपालिका–५ का रोशनकुमार गुप्ताले श्रीमतीलाई कुटपिट र यातना दिएका छन् । गुप्ताले बिहेमा ३० लाख भारतीय रुपैयाँ दाइजो बापत लिएको केटीपक्षको भनाइ छ । विवाहपछि उनले कारको माग राखे । यही निहुँमा गुप्ताका परिवार मिलेर केटीलाई कुटपिट, यातना र कोठामा थुनेर राखेको आरोप छ । घटनापछि पीडितले प्रहरीमा उजुरी दिएपछि गुप्ता परिवार फरार छन् । गुप्ताले भारत बिहार शिवहर जिल्लाको पिपरा थाना बसहिया गाउँका २४ वर्षीया प्रियादर्शनी गुप्तासित २०७७ मंसिर १० मा विवाह गरेका थिए । ‘मेरो परिवारले विवाहमा केटा पक्षले मागेअनुसारकै दाइजोको रकम दिएका थिए । पछि कार चाहियो भनेर निहुँ खोज्न थाले,’ प्रियादर्शनीले भनिन्, ‘कार नदिए घर निकाला गरिदिने भन्दै श्रीमान्लगायत सासू–ससुरा र नन्दले मानसिक यातना दिन थाले । त्यसपछि न्यायका लागि बाध्य भर्ई अदालत गएँ ।’

उनले श्रीमान् रोशन, सासू इन्द्रादेवी, ससुरा जयलाल, जेठाजु राजन र नन्द रेनुविरुद्ध ३ महिनाअघि प्रहरीमा उजुरी दिएकी थिइन् । नन्द रेनुलाई प्रहरीले पक्राउ गरी रौतहट अदालतमा पेस गरेको थियो । अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर धरौटी बुझाउन नसकेपछि बुधबार जेल चलान गरिएको छ । प्रियादर्शनीका अनुसार विवाहको २२ दिनपछि श्रीमान् रोशनले कारको लागि दबाब दिन थालेका थिए । केटीपक्षले तत्कालै दिन सक्ने अवस्था थिएन । यही निहुँमा परिवारका सदस्य मिलेर कुटपिट गरेको र झन्डै एक सातासम्म खानसमेत नदिई घरमा थुनेर राखेको प्रियादर्शनीले बताइन् । पछि माइती पक्षले उद्धार गरेको र ८ महिना माइतीमा लगेर राखेको उनको भनाइ छ । त्यसबेला श्रीमान्ले एक पटक पनि फोन नगरेको प्रियाले गुनासो पोखिन् । ‘मलाई धेरै कुटपिट र यातना दिइयो,’ उनले भनिन्, ‘वीरगन्जमा कुटेर सडकमा लछारे । स्थानीयले अस्पताल लगेर उपचार गराए ।’ प्रियाविरुद्ध ७ महिनाअघि रोशनले सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाएका थिए । त्यसपछि उनले प्रहरीमा उजुरी गरेकी हुन् । मानाचामल मुद्दामा पर्सा जिल्ला अदालतले ५ हजार रुपैयाँ प्रतिमहिना दिनुपर्ने गरी रोशनका नाममा आदेश जारी गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments