Incident Reports

चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या

2022-06-12

Province 1, Sunsari, Barah, Ward 4

सुनसरी । भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports