Incident Reports

बारामा किशोरीमाथि सामूहिक बलात्कार, घटना लुकाउन जबरजस्ती गर्भपतन

2022-06-12

Madhes, Bara, Prasauni, Ward 5

वीरगन्ज : बारामा एक किशोरीमाथि सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भ तुहाउन लगाएको घटना सार्वजनिक भएको छ। प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का अन्दाजी २५/२६ वर्षीय भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिना पहिले सामूहिक बलात्कार गरेका बताइएको छ। बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डा. ओम प्रकाश महत्तोकोमा लगेर गर्भपतन गराएका हुन्। राति अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफूसँग भएको ज्यादतिबारे अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको हो। आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महत्तोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महत्तो फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पीडित किशोरीको आइतबार दिउँसो प्रादेशीक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए । पीडित किशोरीकी आमाका अनुसार, बलात्कार तीन महिना पहिले भएको भएपनि आरोपित युवकले ज्यान मार्ने धाकधम्की दिएर तर्साएका कारण पीडित किशोरीले आफूसँग गरिएको कु-कर्मबारे कसैलाई पनि जानकारी गराएकी थिइनन् ।  तर, दुई दिनपहिले अचानक महिनावारी (रजश्वला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकलाई भेटेर आफू गर्भवती भएको जानकारी गराएकी थिइन्। त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबरजस्ती डाक्टर महत्तोकोमा लगेर गर्भपतन गराएको किशोरीले बताएक छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments