Incident Reports

काठमाडौंको बौद्धमा सामुहिक बलात्कार, चार जना पक्राउ | Ratopati

2022-06-12

Bagmati, Kathmandu, Kathmandu, Ward 6

काठमाडौंको बौद्धमा सामुहिक बलात्कार भएको छ । बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीलाई ३ जनाले सामुहिक बलात्कार गरेका हुन् । घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् । लुङ्ता गेष्ट हाउसका संचालक सिन्धुपाल्चोक भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरुमाथी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए । आरोपीहरुले जेठ २९ मा मध्यराति होटलमा लगेर युवतीलाई पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments