Incident Reports

बलात्कार आरोपमा एक व्यक्ति पक्राउ

2022-06-14

Karnali, Rukum West, Musikot, Ward 7

रुकुम पश्चिम, जेठ ३१ गते । प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानरपालिका–७ निवासी ३६ वर्षीय रामबहादुर ओलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार गत आइतबार साँझ मुसिकोट नगरपालिका–१ खलङ्गास्थित झोलुङ्गे पुल (भाइरल पुल) नजिक ओलीले खलङ्गा बजारबाट जाँदै गरेकी महिलालाई बलात्कार प्रयास गरेका थिए । जबरजस्ती गर्न खोजेपछि महिलाले प्रतिकार गरेको र ओलीले नजिकैको पुलबाट खसाइदिने भन्दै लछारपछार गर्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सोमबार थप अनुसन्धानका लागि अदालतबाट म्याद समेत थप गरिएको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिनुभयो । आरोपी ओलीको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments