Incident Reports

बेचविखनको उद्देश्यले भारत पुर्‍याइएकी महिलाद्वारा न्याय नपाएको गुनासो l

2014-09-02

Lumbini, Rupandehi, Sammarimai

६ तिरकौलिया की १९ वर्षीया एक महिलाले आफुलाई बेचविखन गर्ने उद्देश्यले भारतमा लगेर यौन शोषण गरिएको भन्दै उक्त घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेकी छन् । लामो समयदेखि कानुनी कारबाहीको माग गर्दै आएपनि आफूले न्याय नपाएको उनको गुनासो छ । ०७० मङ्ंसिरमा भएको उक्त घटनाका बारेमा ०७१ साउनमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन गएपनि प्रहरीले किटानी जाहेरी नलिएको पीडितको गुनासो छ । असुरैना गाविस-६ कै २५ वर्षीय विनोद यादवले आफूलाई ०७० मङंसिर १७ गते विहान शिवपुर भन्ने स्थानबाट ललाईफकाइ गरी भारततर्फलगेको उनको भनाइ छ । भारतमा लगेर १७ दिनसम्म विनोदले यौन शोषण गरेको उनले बताइन् । प्रहरीले भने बेचविखनको उद्देश्य नखुलेको र त्यसको प्रमाण पनि नपुग्ने भन्दै किटानी जाहेरी लिन नमानेको पीडितका तर्फबाट कानुनी सहायता गरिरहेका अधिवक्ता शिव गौडेलले बताए । घटना भएको झण्डै एक वर्षम्मपनि दोषीलाई कानुनी दायरामा नल्याइएको पीडितले गुनासो गरिन् । उनले आफूलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी नोकरी गरी उत्तै हामी दुईजना विवाह गरी बस्ने, राम्रो खाने लाउने, लत्ताकपडा समेत किनी दिने भन्दै साइकलमा राखी भारतको महदेई भन्ने ठाउँमा लगेको बताइन् । त्यहाँ बोल्न, चल्न भाग्न, उम्कन नदिई जवरजस्ती यौनशोषण गरेको र झुक्काई बेच्ने उदेश्यले भारतमा लगेको उनले आरोप लगाइन् । आफू चलाखीपूर्ण तरीकाले ट्वाईलेट गएको अवस्थामा त्यहीबाट भागेर ज्यान बचाई नेपाल फर्कि आएको पनि उनले बताइन् । पीडितका तर्फबाट बाबुले ०७० मंङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला प्रहरीले मातहतको प्रहरी चौकीमा निर्देशन दिए पनि कुनै कारबाही नभएको पीडितको गुनासो छ । आरोपितको परिवारले पीडितका बाबु र उनको परिवारलाई अनेक किसिमका धाकधम्कीसमेत दिने गरेको पीडितले बताइन् । प्रहरीले दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही थाल्नुको साटो उल्टै पीडितका ठुलो बाबुलाई ०७१ साउन २७ गते दिनभर गैरकानुनी रुपमा इलाका प्रहरी कार्यालय मधुबनीमा हिरासतमा राखेर मानसिक यातना दिएको उनले जानकारी दिइन् । अमृत गिरी

0 Comments