Incident Reports

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

2022-06-18

Sudurpashchim, Bajhang, Bungal, Ward 1

बझाङ : बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितले जनाएको छ । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments