Incident Reports

अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट

2022-06-19

Bagmati, Kathmandu, Kathmandu, Ward 32

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ।आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो। बैठकमा हो-हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनले सेतोपाटीलाई बताए।

‘उहाँले आफ्नो समूहका केहीलाई पदाधिकारी बनाउन माग गर्नुभएको थियो। तर हलले मान्ने अवस्था रहने,' पुनले भने,'धेरै नै हल्ला र अराजकता देखाउन खोजेपछि प्रहरीले शान्त पारेको हो। अहिले फेरि बैठक सुरू हुन लागेको छ। कार्कीसहित केही नेताहरू भने बैठकमा आएका छैनन्। उपाध्यक्ष कार्कीले भने अवैधानिक तरिकाले चयन भएको पदाधिकारी खारेज गर्नुपर्ने माग आफूहरूले राखेको बताए।

'जुमबाट पदाधिकारी चयन भएको भनेर हामीले त पहिला पनि विरोध गरेको हो। हामीले त्यसलाई अवैधानिक निर्णय भनेको हो। वैशाख ५ को त्यो निर्णय खारेजी गर्नुपर्छ भनेको हो,' कार्कीले भने,'पार्टी अध्यक्षले समेत सच्याउँछौं भन्नुभएको थियो। उहाँहरू जबरजस्ती अगाडि बड्न खोजेपछि अवैधानिक कमिटी सच्याउन पर्‍यो भन्दै नाराबाजी गरेका हौं। त्यसपछि झडप भयो अनि प्रहरीले हस्तक्षेप गरेको हो।'


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Entity CPN M
Actor 1 - Youth unknown
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Entity CPN M
Actor 2 - Youth unknown
National/Online Media

0 Comments