Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट l

2014-09-01

Bagmati, Makawanpur, Hetauda

Pratap Bishta मकवानपुर । ०७१ भदौ १७ गते हेटौँडा नपा-२२ की ५२ वर्षीया देवकी सुवेदीलाई भदौ १६ गते बोक्सीको आरोप लगाएर छिमेकी एक महिलाले कुटपिट गरेकी छिन् । धारामा पानी थाप्ने निहु“मा आपसी विवाद गर्ने क्रममा छिमेकी राधिका रिजालले पीडित सुवेदीलाई कुटपिट गरेकी हुन् । कुटपिटको क्रममा सुवेदीको टाउको र जीउमा चोट लागेकाले उपचारका लागि सोही दिन राती नै भरतपुर लगिएको छ । हेटौँडा अस्पतालमा सामान्य उपचारपश्चात् पीडितलाई भरतपुर अस्पताल लगिएको हो । पीडित सुवेदीलाई रिजाल परिवारले लामो समयदेखि बोक्सीको आरोप लगाउँदै आएका थिए । पति वैदेशिक रोजगारीका क्रममा कतारमा रहेकाले उनी ससुराको हेरचाह गरेर बस्दै आएकी थिइन् । पीडितका नाति मनोज सुवेदीका अनुसार हजुर आमालाई रिजाल परिवारले सामान्य विवादमा पनि बोक्सीको आरोप लगाउने गरेका थिए । जिल्ला प्रहरी कार्यालय हेटौँडाले आरोपित राधिका रिजाललाई कार्यालयमा ल्याउन मातहतको प्रहरी चौकीलाई निर्देशन दिइसकेको निमित्त एसपी दिपक थापाले बताए । कार्यालयमा ल्याएर सोधपुछ गरेपछि तथ्य कुरा खुल्छ उनले भने-'त्यसपछि के कस्तो कारबाही गर्नु पर्ने हो एकिन हुन्छ ।' पीडितको नाति मनोज सुवेदीले भदौँ १६ गते जिल्ला प्रहरी कार्यालय हेटौँडमा ठाडो उजुरी गरेको प्रहरीले जनाएको छ। प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis