Incident Reports

बलात्कार गरेर महिलासँग भएको नगद र गहना लुटेको आरोपमा एक व्यक्ति पक्राउ

2022-06-12

Bagmati, Kathmandu, Kathmandu, Ward 11

एक महिलालाई बलात्कार गरेर उनको साथमा रहेको नगद र गहना लुटपाट गरी फरार रहेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तिमाल गाउँपालिका–९, घर भइ हाल बनेपामा डेरा गरी बस्ने अन्दाजी २८/२९ वर्षीय विश्व तामाङ छन्। 

उनले गएको जेठ २९ गते बेलुकाको समयमा २४ वर्षीय ती महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक होटलमा लगेर बलात्कार गरेका थिए। 

भोटे, जय, आशिषलगायतका नामबाट आफूलाई चिनाउने गरेका तामाङले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभनमा गेष्ट हाउसमा राखी पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ। 

तामाङले ती महिलाको साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए। त्यसपछि पीडितले जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएकी थिइन्। 

तत्कालै ती महिलालाई परोपकार प्रसुती गृह लगी उनको विस्तृत स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धानको थालेको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments