Incident Reports

मकवानपुरमा बलात्कार गरेको आरोपमा एक युवकलाई स्थानीयले गरे घाईते हुने गरि कुटपिट,आरोपित पक्राउ

2022-06-20

Bagmati, Makawanpur, Manahari, Ward 6

हेटौंडा । मकवानपुरको एक गाउँमा बलात्कार गरेको आरोपमा एक युवक माथि स्थानीयहरुले घाईते हुने गरि कुटपिट गरेर प्रहरीको जिम्मा लगाएका छन् ।

घटना आईतबार जिल्लाको मनहरी गाउँपालिका वडा नंबर ६ को नयाँबस्तीको हो । स्थानीय २७ वर्षीया महिला माथि जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरुले २६ वर्षीय कान्छामान रुम्बालाई कुटपिट गरेका हुन् ।

प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएर उपचार गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । घटनाको बारेमा जानकारी दिँदै ईलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापा भनेः सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेको भन्दै स्थानीयहरु घाईते हुने गरि कुटपिट गरेछन् । हामीले आरोपित युवकलाई नियन्त्रणमा लिएर हिजौनै चितवन मेडिकल कलेजमा उपचार गरेर,म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरेका छौ ।

उनले दिएको जानकारी अनुसार मनहरी-६ को ब्रम्हदेबी सामुदायिक जंगल नजिकै कुलो छेउमा जबरजस्ती करणीको घटना भएको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments