Incident Reports

गाउँपालिकाका अध्यक्षको गाडी आफ्नै छोराद्वारा तोडफोड

2022-06-22

Province 1, Morang, Gramthan

एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् । हिजो दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको निर्णयमा असहमति जनाउँदै तोडफोडमा उत्रिएका हुन् । गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमा रोकेर राखिएको थियो । बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा दिनभर छलफल भएको थियो । नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारूले एमालेबाट निर्वाचित वडा अध्यक्षलाई कार्यपालिका भित्रका विभिन्न समितिहरूको जिम्मेवारी दिने तयारी गरेका थिए । तर, छोराले भने त्यसरी जिम्मेवारी दिनु नहुने भन्दै बाबु विरुद्ध उत्रिएका हुन् । गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारूले गाडी तोडफोड भएको विषयमा पालिकामै आएर बुझ्न आग्रह गरिन् । ‘गाडी तोडफोड भएको हो, कसरी भयो, किन भयो भन्ने विषयमा आएर पालिका अध्यक्षलाई नै सोध्नुहोला,’ उनले भनिन् । अध्यक्षले भने गाडीको सिसा पहिल्यै चर्केकोले झरेको दाबी गरेका छन् । ‘अध्यक्षले सबैलाई समेटेर जान भनेर केहि समितिको संयोजक एमालेलाई पनि दिन सहमति जनाउनुभएको रहेछ, त्यसमा छोराले असहमति राखेपछि विवाद उत्पन्न भएको देखियो,’ एक स्थानीयले भने ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments