Incident Reports

हत्या अभियोगमा एक जना पक्राउ

2022-06-04

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको ७ गौरिघाट निवासी बिबेक मल्ल रहेका छन् । गत जेष्ठ २१ गते मोरङ्ग जिल्ला सुन्दरहरैचा ९ घरभै काठमाडौंको कुमारीगाल बस्दै आएका वर्ष उज्जल काफ्ले मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

बीस सेवनबाट काफ्लेको मृत्यु भएको बताइए पनि अनुसन्धान गर्दै जाँदा मल्ललाइ पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णकुमार कोइरालाले बताउनुभयो ।

हत्यापछि मल्ल काठमाडौबाट भागेर उदयपुरको कटारी नगरपालिका ६ चुहाडमा लुकी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मल्ल उपत्यकाको विभिन्न स्थानमा भएको चोरी डाँका मुद्दामा फरार रहेको पनि अनुसन्धानबाट खुलेको छ । उनीमाथि थप अनुसन्धानको लागि प्रहरी बृत गौशाला पठाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports