Incident Reports

कतारमा नेपालीमूलका दुई मानअधिकारकर्मी बेपत्ता पारिए l

2014-09-03

Bagmati, Kathmandu, Kathmandu, Ward 10

काठमाडौं: कतारमा रहेका कामदारहरुको थप अनुसन्धान गर्न नेपालबाट कतार गएका नेपाली मूलका दुई मानअधिकारकर्मी कृष्ण उपाध्याय र उनका सहकर्मी फोटोग्राफर गुणदेव घिमिरे कतारमा बेपत्ता पारिएका छन्। नर्वेमा प्रधान कार्यालय रहेको मानवअधिकारवादी संस्था जीएनआरडीले आफ्ना कर्मचारीलाई कतार प्रहरीले हतोत्साही गर्नुका साथै कतार छाड्न् भनेको थियो। तर नेपाली मूलका बेलायती मानवअधिकारकर्मी उपाध्याय र घिमिरे अचानक बेपत्ता पारिएको समाचार बेलायती अनलाइन 'द इण्डीपेन्‍डेन्ट'ले प्रकाशित गरेको छ। उक्त समाचारका अनुसार मानअधिकारकर्मी कृष्ण र गुणदेव गत आइतवार दिउँसोदेखि कतारको राजधानी दोहामा बेपत्ता अवस्थामा रहेका छन्। समाचारमा बताइए अनुसार कृष्ण र गुणदेव कामदारको अवस्था बुझेर फर्किइरहेको बवस्थामा सादा र बर्दि दुवै पोशासमा रहेका कतारी प्रहरीले उनीहररुलाई पछ्‍याइरहेकाले आफूहरु निकै असुक्षित महसुस गरिरहेको उनीहरु कार्यरत संस्थाका साथीहरुलाई म्‍यासेज पठाएका थिए। मानवअधिकारकर्मी कृष्ण उपाध्यायका एक जना साथीले पाएको म्‍यासेजलाई दाबी गर्दै समाचारमा भनिएको छ, 'गत आइतबार दिउँसोदेखि उनीहरु दुवै जना हाम्रो सम्पर्कमा छैनन्। उनीहरु बसेको ग्राण्ड हायात होटेलबाट आफ्नो बसाइको अन्तिम दिन एयरपोर्ट जाने क्रममा होटलबाट चेक आउट गरेपछि आफूहरु घेरामा परेकोले असुरक्षित महसुस गरि केहीबेर रिसेप्सन एरियामै बस्ने निधो गरेको बताइएको छ।

0 Comments