Incident Reports

रक्सी खान पैसा नपाएको झोँकमा आफ्नै आमाको हत्या गरे यी पुरुषले

2022-06-27

Bagmati, Chitawan, Madi, Ward 6

रक्सी खान पैसा नपाएको झोँकमा चितवनमा एक पुरुषले आफ्नै आमाको हत्या गरेका छन् । आज (सोमबार) दिउँसो सवा तीन बजे माडी नगरपालिका ६ स्याउलिवासका अर्जुन तामाङले ५५ वर्षकी आमा देवी तामाङको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, घरदेखि सय मिटरको दुरीमा पर्ने आफ्नै मकै बारीमा ३७ वर्षका तामाङले पछाडीबाट खुर्पा प्रयोग गरि हत्या गरेका थिए। माडीको बसन्तपुर बजारबाट ८ किलोमिटरमा पूर्व दक्षिणमा घट्ना भएको हो। इलाका प्रहरी कार्यालय माडीले तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिए। घटनास्थलमा प्रहरीले अनुसन्धानबाट रक्सी खान पैसा नदिएका कारण मायादेवीको हत्या गरेको खुल्न आएको बताएको छ । शव तथा घटना स्थलको थप अनुसंधान भैरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports