Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-06-24

Sudurpashchim, Doti, K I Singh

१४ वर्षीया बालिकालाई  यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले के. आइ .सिंह गाउँपालिका काफली टोलका २४ वर्षीय शिद्ध कठायतलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार १२ गते ईलाका प्रहरी कार्यालय, वायलमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई काफली गाउँबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सारदाकुमार चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पताल, डोटीमा गरिएको छ । घटनाका अरोपित कठायत मष्टेश्वरी आधारभूत विद्यालयका शिक्षक समेत हुनु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments