Incident Reports

वृद्धामाथि कुटपिट गर्ने भतिजा गिरफ्तार l

2014-09-03

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai विजयखर्क गाविस-८ की ८६ वर्षीया आइतलक्षी राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा भतिजा ३२ वर्षीय सुन्दर राईलाई प्रहरीले भदौ १८ गते घरैदेखि गिरफ्तार गरेको छ । घरायसी विवादपश्चात आरोपितले वृद्धामाथि भदौ १६ गते मकैको ढोड, भाटा लगायतले कुटपिट गरेका थिए । कुटपिटपश्चात् गम्भीर घाइते भएकी वृद्धाको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौ लगिएको छ । गिरफ्तार गरिएका आरोपित विरुद्ध कुटपिट मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका असई मनोज यादवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis