Incident Reports

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-06-06

Province 1, Solukhumbu, Sotang, Ward 2

सोताङ गाउँपालिका—२ का वडासदस्य ४० वर्षीय दुर्गाप्रसाद राई र २५ वर्षीय सन्देश तामाङलाई मोसो र जुत्ताको माला लगाई दिएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई असार १४ गते गिरफ्तार गरेको छ । सोताङ गाउँपालिका—५ का २९ वर्षीय एकराज थापा, ३४ वर्षीय गणेश थापा र ३६ वर्षीय झनककुमार विश्वकर्मालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । जेठ १६ गते सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता, मर्यादा र ह्वीप विपरित नेपाली कांग्रेसलाई मतदान गरेको आरोपमा तीन जनाले मासो र जुत्ताको माला लगाई दिएर दुर्व्यवहार गरेको प्रहरीले पीडित दुर्गाप्रसादले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितद्वयले दुर्व्यवहार भएको भन्दै आरोपितविरुद्ध जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपित तीनै जनालाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ज्ञानबहादुर माझीले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports