Incident Reports

कुटपिट आरोपमा युवा संघका केन्द्रीय सदस्यविरुद्ध उजुरी l

2014-09-03

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling सडक विभागका सव-ओभरसियर २२ वर्षीय प्रदिप राईलाई कुटपिट गरेको आरोपमा चिउरीडाँडा गाविस-१, निवासी युवासंघका केन्द्रीय सदस्य ३४ वर्षीय दिलचक्र राई र जिल्ला सदस्य उदयपुर बाँसबोटे गाविस-७ का २८ वर्षीय मोतिराज राई विरुद्ध पीडितले भदौ १९ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएको छन् । मध्यपहाडी लोकमार्ग अर्न्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ सडकमा काम गर्दै आएका सव-ओभरसियर राईमाथि आरोपितहरूले भदौ १८ गते कुटपिट गरेको आरोप छ । सडक निर्माणको क्रममा कमिसनको विषयमा विवाद भएपछि आरोपितहरूले कुटपिट गरी घाइते बनाएको पीडितले बताए । पीडितको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । कुटपिट घटनामा संलग्न मोतिराज राईलाई प्रहरीले भदौ १८ गते गिरफ्तार गरी हिरासतमा राखेको छ भने अर्का आरोपित केन्द्रीय सदस्य फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका असई मनोज यादवले बताए । आरोपितहरू विरुद्ध आजै र्सार्वजनिक अपराध अर्न्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis