Incident Reports

सुकुटेमा महिलामाथि बलात्कार गरेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ

2022-07-02

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 9

सिन्धुपाल्चोकको सुकुटे बिचमा महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बिच एड्भेन्चर क्याम्प रेसोर्टको टेन्टमा २६ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। घटना गत शनिबार बिहान ३ बजे भएको हो। टेन्टमा सुतिरहेको बेलामा आफूमाथि बलात्कार गरी फरार भएको भन्ने महिलाले जाहेरी दिएकी थिइन्। फरार भएको खुलेपछि प्रहरीले खोजेर काठमाडौंको कलंकीबाट तीन जनालाई पक्राउ गरेको बस्नेतले बताए। उनीहरूलाई आइतबार राति काठमाडौंबाट पक्राउ गरी सिन्धुपाल्चोक लगिएको हो। पक्राउ पर्नेमा काठमाडौंको कलंकी बस्ने २६ वर्षीय सुलभ क्षेत्री, १८ वर्षीय प्रिन्स थपलिया र रूस कार्की छन्। क्षेत्रीले बलात्कार गरेको र अन्य दुई जना मतियार बनेको आरोप छ। सोमबार सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्‍धान गर्न अनुमति लिएको छ। कार्यालयले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments