Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2022-06-10

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  पीडित पक्षले बारा जिल्ला हेटौडा उपमनपा–१ का ३७ वर्षीय डा. भाष्कर शाह विरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर जेठ २७ गतेदेखि बलात्कार गर्दे आएको  भन्दै पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका  डिएसपी नवरत्न पौडेलले बताउनु भयो । आफू नर्स भएको र विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको, विवाहको तयारीका लागि काठमाण्डौ बोलाएर विवाह गर्न नसक्ने भनेकोले आफू पीडित भएकोले न्यायका लागि प्रहरीमा उजरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । पीडितको उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी नवरत्न पौडेलले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असार २० गते भीम अस्पताल भैहरवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 00
Total Raped 1
Female Raped 1
INSEC

0 Comments