Incident Reports

सात वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु गिरफ्तार l

2014-09-01

Province 1, Sunsari, Ramdhuni, Ward 9

आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एकजनालाई भदौ १६ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ। बालिकाकी आमा माइत गएका बेला भदौ १५ गते रक्सी सेवन गरी मातेर घर पुगेका ३२ वर्षीया बाबुले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बाबुले बलात्कार गरेपछि बेहोस भएकी बालिकाको गाउँलेले उद्धार गरी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी सुदिप राजभण्डारीले बताए । बालिकाको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ भने बाबुलाई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखिएको छ । बाबुविरुद्ध हाडनाता करणी र जबर्जस्ती करणीमा मुद्दा चलाइने प्रहरीले बताएको छ । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis