Incident Reports

जबरजस्ती करणीको आरोपमा पर्साबाट एक युवक पक्राउ

2022-06-30

वीरगञ्ज – पाँच महिनाकी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका २० वर्षीय युवकले पाँच महिनाकी गर्भवती रहेकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ।

पीडित महिलाका पति रोजगारीको सिलसिलामा भारतमा रहेको तथा घरमा कोही नभएको मौका छोपी युवकले ती महिलालाई गत असार १६ गते साँझ उनकै सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित महिलाका भतिज नाता पर्ने ती युवकले महिलाको सलले मुख थुनी जबरजस्ती करणी गरिरहेको बेला पीडितको १० वर्षीय छोरा आइ हो–हल्ला गर्दा युवक फरार भएका थिए।

घटनाको बारेमा महिलाले आफ्ना पतिलाई जानकारी गराएपछि उनका पतिले आरोपित युवकविरुद्ध दिएको जाहेरीको आधारमा पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खनालले बताए।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments