Incident Reports

फेसबुकमार्फत नाबालिका र महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जना समातिए

2022-07-12

Lumbini, Rupandehi, Sainamaina, Ward 4

काठमाडौं : सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको चरित्र हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको घ्याङलेख गाउँपालिका-३ घर भई हाल कीर्तिपुर नगरपालिका-६, टौदह बस्ने ३१ वर्षीय विकाश भनिने राजेश बिक र रुपन्देहीको सैनामैना नगरपालिका-४, मुर्गियाका ३६ वर्षीय जीवन दमाई रहेका छन्। सामाजिक सञ्जालमा तस्विर पोस्ट गरेर नाबालिका तथा महिलाको चरित्र हत्या गरेको दुई फरक घटनामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

राजेशले ४ जना नाबालिकाहरुको तस्विर प्रयोग गरेर फेसबुकमा फेक अकाउन्ट खोली अश्लिल शब्द प्रयोग गर्दै पीडितहरुका आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाउने गरेको प्रहरीले जनाएको छ। उनले नाबालिकाहरुको सार्वजनिक रुपमा चरित्र हत्या गर्ने समेत गरेको प्रहरीको भनाइ छ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

त्यसैगरी, आफ्नै श्रीमतीको चरित्र हत्या गर्ने जीवनलाई पनि प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा रहेकी श्रीमतीको फेक अकाउन्ट खोलेर पीडितको फोटो दुरुपयोग गरी फोटोमा अश्लिल क्याप्सन राखी फेसबुकमा पोस्ट गरेका छन्।

उनमाथि पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments