Incident Reports

बक्यौता भुक्तानीकाे माग गर्दै पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी

2022-07-13

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम – बाँकी बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारीहरुले पुर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन। २०७८/७९ मा सम्पन्न भइसकेका योजनाहरुको बक्यौता भुक्तानी हुन नसकेपछि उपभोक्ता समितिका पदाधिकारीहरुले बक्यौता भुक्तानीको माग गर्दै पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका छन्। आन्दोलनको पहिलो चरणमा उनीहरुले कर्मचारीहरुलाई भित्रै थुनेर कार्यालयमा तालाबन्दी गरेका हुन्। उपभोक्ता समितिका आशुतोष झाले आफुहरुले कार्य सम्पन्न गरेर असार २३ गते अगावै सम्पन्न योजनाहरुको फाइल कार्यालयमा जम्मा गरेपनि कार्यालयका इन्जिनियर र लेखापालले सर्भर डाउन रहेको कारण देखाउँदै चेक नबनाएको आरोप लगाए। उनले भने, ‘हामीहरु २५ गते राति १२ बजेसम्म कार्यालयमै बसेका थियौं, तर केन्द्रबाट नै सर्भर डाउन रहेका भन्दै टाल्दै काम नगरेको कारण हाम्रो भुक्तानी हुन सकेन।’

उनले आगामी चरणमा सडक आन्दोलन सहित मुख्यमन्त्री र मन्त्रालयका कार्यालयहरु घेराउ गर्ने चेतावनी दिए। भौतिक पुर्वाधार विकास मन्त्रालय र प्रदेश सभा सदस्यहरुको गरी करीब दुई सय उपभोक्ता समितिको एक अर्बको हाराहारीमा भुक्तानी हुन बांकी रहेको उपभोक्ता समितिकै जगदीश पाण्डेले बताए। उनीहरुको दबावका कारण पुर्वाधार विकास कार्यालयका प्रमुख दिपक मिश्र र अर्थ सचिव गजेन्द्रकुमार ठाकुर असार २६ गतेदेखि नै मोबाइल बन्द गरेर राखेका छन्। यसअघि २०७५/७६ मा विभिन्न योजनाको भुक्तानी हुन सकेको थिएन्। सो आवको भुक्तानी प्रदेश सरकारले दुई वर्षपछि आ.व. २०७७/७८ मा प्रदेश सभाबाट पहिलो पटकका लागि भनी विनियोजन विधेयकमा छुट भुक्तानी भनेर विशेष व्यवस्था गरेर भुक्तानी गरेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis