Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-07-10

Sudurpashchim, Dadeldhura, Alital, Ward 2

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–२ गांखेतका ४२ वर्षीय दानबहादुर थापा मगरलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । बालिकालाई ललाइफकाई यौन दुर्व्यवहार गरिएकोले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको पीडितका बुवाले बताउनु भयो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्र पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असार २८ गते डडेल्धुरा अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments