Incident Reports

बलात्कार आरोप लागेका क्याम्पस प्रमुखविरुद्ध मुद्दा दर्ता, पक्राउ गर्ने तयारी

2022-07-04

डडेल्धुरा– पुर्चौडी बहुमुखी क्याम्पस बैतडीका प्रमुख राजेन्द्रसिंह नेगीविरुद्ध जबर्जस्तीकरणी मुद्दा दर्ता भएको छ। आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै कैलाली निवासी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ। प्रहरी निरीक्षक जोशीले भने, ‘मुद्दा दर्ता भएको छ। पक्राउ गरेर अनुसन्धान अगाडि बढ्छ।’ कैलाली घर भई बैतडीको पुर्चौडी नगरपालिमा ज्यालामजदुरी गर्दै आएकी महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। यही असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो। पीडित महिलाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ।

क्याम्पस प्रमुखले दिए राजीनामा

बलात्कार आरोप लागेका क्याम्पस प्रमुख नेगीले पदबाट राजीनामा दिएका छन्। नेगीले सोमबार नै राजीनामा दिएका हुन्। नेगीले आफूप्रतिको आग्रह र पूर्वाग्रहका कारण केही अमुख व्यक्ति, राजनीतिक दलका भातृसंगठनहरुले अपुष्ट कुरा फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकोले सत्यतथ्य छानबिन नहुन्जेलसम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन्। श्रीमान नभएको मौकामा बलात्कार! कैलाली घर भएकी पीडित महिला पुर्चौडीमा ज्याला मजदुरीको कामका लागि डेरा गरी बस्दै भएकी थिइन्। उनी पुर्चौडी नगरपालिका–१ स्थित इलाका प्रहरी चौकी पुरघाटको भवन निर्माणको काम गर्थिन्। उनीसँगै उनका श्रीमान पनि त्यहाँ काम गर्थे। यस्तै, बैतडीकै डिलासैनी गाउँपालिका स्थायी घर भएका क्याम्पस प्रमुख नेगी पनि पुर्चौडीमा डेरामै बस्थे। पीडित भनिएकी महिला र नेगीको बसाइँ नजिकै थियो। असार २० गतेको कुरा हो। पीडित महिलाका श्रीमान बिहानै काम विशेषले डडेल्धुरा पुगेका थिए।

महिला डेरामा एक्लै थिइन्। रात परिसक्दा पनि उनका श्रीमान फर्किएका थिएनन्। रात छिप्पिदै थियो। साँझ अबेर क्याम्पस प्रमुख नेगीले ती महिलाको कोठाको ढोकामा आएर पानी मागे। महिलाले पानी दिइन्। पानी पिएपछि उनी कोठाभित्रै पसे। त्यसपछि उनले ढोका बन्द गरेर महिलामाथि जर्बजस्ती करणी गरेको महिलाको बयान छ। क्याम्पस प्रमुख नेगी त्यहाँबाट निस्किन नपाउँदै महिलाका श्रीमान डेरामा आइपुगे। डेरामा पुग्दा आफ्नी श्रीमतीलाई नेगीले करणी गरिरहेको देखेपछि उनी प्रहरीकोमा पुगेका थिए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments