Incident Reports

बारामा ५६ वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

2022-07-09

Madhes, Bara, Adarshkotwal, Ward 1

वीरगन्ज : बारामा ५६ वर्षकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर १ चिउटाहाका १५ र १७ वर्षका दुइ किशोर रहेका छन्। प्रहरीका अनुसार यही असार २५ गते राति आफ्नै गोठघरमा एक्लै सुतिरहेकी ५६ वर्षीया महिलालाई ती दुवै किशोरले रातिको ११ बजे सामुहिक रुपमा पालैपालो बलात्कार गरेका हुन्। घटना बारे पीडित महिलाले प्रहरीलाई जानकारी गराएपछि असार २६ गते प्रहरीले दुवै किशोरलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए। पक्राउ गरिएका दुवै किशोरलाई जिल्ला प्रहरी कार्यालयको निगरानी कक्षमा राखिएको उनले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments