Incident Reports

संघीय खारेज माग गर्दै राँके जुलुस

2022-07-16

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 26

लेखनाथ । पोखराको लेखनाथ शनिबार साँझ राँके जुलुस प्रदर्शन गरिएको छ । पोखरा २६, बूढीबजारमा स्थानीय नागरिकले संघीयता खारेज, मूल्यवृद्धिको विरोध एवं भ्रष्टाचारीलाई कारबाही माग गर्दै राँके जुलुस प्रदर्शन गरेको हुन् ।

उनीहरुले ‘चर्को मूल्यवृद्धि फिर्ता गर’, ‘संघीयता खारेज गर’ ‘बढ्दो महँगी नियन्त्रण गर’ ‘राजनीतिमा परिवारवाद मुर्दावाद’ ‘भ्रष्टाचारीलाई कारबाही गर’ लगायत नाराअंकित प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै समन्त रानाभाटले मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने बताए । देशले संघीयता धान्न नसक्ने भएकाले संघीयता खारेज गरी स्थानीय निकायलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।

स्थानीय रामहरि ढुंगानाले विगतमा संघीयता पक्षमा देखिएकाहरु अहिले त्यसको विरोधमा उत्रिएको भन्दै उनले जनताको ढाड सेक्ने गरी संकलन गरिने करले संघीयता बचाउन नसक्ने दाबी गरे । संघीयताको मारमा ‘हुने खाने भन्दा हुँदा खाने’ वर्ग बढी मारमा परेको भन्दै संघीयताको खारेज र मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग गरे ।

बूढीबजारबाट निस्किएको राँके जुलुस कालिकाचोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरी आगो निभाइदिएको थियो । प्रदर्शनकारीहरु स्वतःस्फूर्त सहभागी थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments