Incident Reports

कुटपिटबाट ६० वर्षीया महिलाको मृत्यु

2022-07-14

Madhes, Saptari, Dakneshwori, Ward 8

डाक्नेश्वरी नगरपालिका–८ प्रवाहापट्टी टोलकी ६० वर्षीया जीरादेवी मण्डलमाथि भएको कुटपिटका कारण असार ३० गते राति उहाँको मृत्यु भएको छ । सोही ठाउँका राजेश शर्मा र गणेश शर्माले गरेको कुटपिटबाट जीरादेवीको मृत्यु भएको मृतकका छोरा मनोजले आरोप लगाउनु भएको छ । खेतबालीका लागि मल लिएर घरतर्फ आइरहेका २६ वर्षीय मनोज सवार साइकलले एक बालकलाई दिएको ठक्करले उत्पन्न विवादको क्रममा राजेश र गणेशसहितका व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउ गर्न जीरादेवी आउनु भएको थियो । उनीहरुकै कुटपिटबाट जीरादेवीको मृत्यु भएको भनी प्रहरीमा खबर गरेलगत्तै आरोपितहरू फरार रहेको मृतककी बुहारी अमरीदेवी मण्डलले बताउनु भयो । शवको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार ३१ गते गरिएको छ । महिलाको मृत्युको खबरलगत्तै आरोपितहरू फरार भएको र उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports