Incident Reports

रोल्पामा प्रहरी हवल्दार कुटिए

2022-07-20

रोल्पा — बिदामा घर आउँदै गरेका प्रहरी हवल्दार रोल्पामा कुटिएका छन् । रोल्पा नगरपालिका-६ नन्दीखोला घर भएका प्रहरी हवल्दार रामकुमार बाँठामगरमाथि मंगलबार बेलुका ८/९ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ । प्युठानमा कार्यरत प्रहरी हवल्दार बाँठा घर बिदामा जाँदै थिए । उनलाई स्थानीय नेता खिमबिक्रम डाँगीलगायतको समूहले आक्रमण गरेको उनका भिनाजु इन्जिनियर सुरेश घर्तीमगरले बताए । 'घर पुग्नुअघि उनीमाथि अचानक आक्रमण भएको हो । घाइते उनलाई रोल्पा अस्पतालमा पुर्‍याएर उपचार गरिएको छ । प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरेको छ,' सुरेशले भने।

आक्रमण के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमण पछि प्रहरीले नै घाइतेको उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । प्रहरीले आक्रमणमा संलग्न सबैको पहिचान खुलेको जनाएको छ । घटनाबारे दारबोटस्थित प्रहरी चौकीका सुरक्षाकर्मी बेखबर हुनु राम्रो नभएको निष्कर्षमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान बढाएको छ। तर पीडितले राजनीतिक दबाबकै कारण प्रहरी पक्षले सुनुवाइ नगरेको दाबी गरेको छ। पीडित प्रहरी हवल्दार बाँठाले आफूमाथि बाटोमा कुरेर आक्रमण भएको बताए । 'मेरो कसैसँग दुश्मनी छैन, तर मोटरसाइकलमा आएकाबाट आक्रमण भयो,' उनले भने । आक्रमण गर्ने सबैलाई आफूले चिन्ने र गाउँकै भएको उनले बताए । रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दुबै पक्षको सम्पर्कमा रहेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports