Incident Reports

स्याङ्जामा घरायसी विवादमा झगडा हुँदा एकको मृत्यु

2022-07-20

Gandaki, Syangja, Bhirkot

कास्की — स्याङ्जाको भीरकोट नगरपालिकामा घरायसी विवादमा झगडा हुँदा ४५ वर्षीय श्यामबहादुर रोकाको मृत्यु भएको छ । बुधबार दिउँसो पिँढीमा गफ गरेर बसेका भीरकोट–३ रिजुका श्याम र ५० वर्षीय यामबहादुर रोकाबीच एक्कासी विवादले झगडाको रुप लिएको थियो । त्यसक्रममा यामले धकेल्दा आँगनमा खसेका श्यामको मृत्यु भएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । घाइते श्यामलाई उपचारका लागि कालिका सामुदायिक अस्पताल हेलुमा लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । उनीहरु छिमेकी दाजुभाइ हुन् । डीएसपी खनालका अनुसार विवाद र घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘छलफल हुँदा के विषयमा विवाद भएको थियो भनेर बुझ्न अर्को तेस्रो व्यक्ति सहभागी नभएकाले थाहा भएन । अनुसन्धान हुँदैछ कारण खुल्दै जाला,’ उनले भने । बुधबार नै पक्राउ परेका यामलाई बिहीबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports