Incident Reports

पाँचथरमा बोली नखुलेकी ७ वर्षकी बालिका बलात्कृत, बाटोमा रगताम्मे भेटेपछि खुल्यो रहस्य

2022-07-16

Province 1, Panchthar, Falgunanda, Ward 7

पाँचथर । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकामा फरक क्षमताकी बालिका बलात्कृत भएकी छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बोल्न नसक्ने ७ वर्षकी बालिका बलात्कृत भएकी हुन् । घटना एकसता अघिकै भएपनि बलात्कार भएको पुष्टि भने केही दिनपछि मात्रै भएको हो । पीडित बालिकाकी आमाका अनुसार असार ३२ गते ती बालिका बाटोमा रगताम्मे भेटिएकी थिइन् । त्यसपछि आमाले बालिकालाई लिएर स्वास्थ्यकर्मीकहाँ पुर्याएकी थिइन् । स्वास्थ्यकर्मीले चेक जाँचपछि बालिका बलात्कृत भएको जनाएका थिए । त्यसपछि पीडित आमाले प्रहरीमा खबर गरेकी थिइन् । उजुरीपछि खटिएको प्रहरीको टोलीले बुधबार फाल्गुनन्द गाउँपालिका – ७ कै एक किशोरलाई पक्राउ गरेको छ । ‘अनुसन्धान गर्ने क्रममा फाल्गुनन्द–७ का १९ वर्षीय एमन सिवाले बालिकामाथि जबरजस्ती करणी गरेको खुलेको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ,’ जिल्ल प्रहरी कार्यालय पाँचथरले भन्यो । हाल प्रहरी नियन्त्रणमा रहेका सिवामाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद लिई गरी अनुसन्धान जारी राखेएको पाँचथर प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments