Incident Reports

बालिका बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-08-26

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 19

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा भाचोक गाविस-८ का ४० वर्षीय भीमबहादुर नेपालीलाई जिल्ला अदालतको न्यायाधीश रामप्रसाद ओलीको इजलासले भदौ १० गते गरेको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा पठाइएको छ । आरोपित नेपालीले बालिकाको घरमा कोही नभएको बेला डर, धम्की दिँदै मुख थुनेर ०७१ साउन १४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा साउन १५ गते उजुरी दिएका थिए । आरोपित नेपालीलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दामा अनुसन्धान गरेको थियो । पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साउन १६ गते स्वास्थ्य परीक्षण गरिएको थियो । सनबहादुर थापा

0 Comments