Incident Reports

बहुविवाहका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-08-25

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 6

सन्धिखर्क नपा-२ का ५२ वर्षीय डालबहादुर गौतम र सुवर्णलाल गाविस-७ की ३७ वर्षीया मीना नेपालीलाई जिल्ला अदालतको निमित्त न्यायाधीश मानबहादुर बस्नेतको इजलासले ०७१ भदौ ९ गते गरेको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा पठाइएको छ । आरोपितद्वयलाई जानी-जानी वहुविवाह गरेको गरेको ठहर गर्दै जिल्ला अदातलले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आरोपित गौतमले सुवर्ण लाल गाविसकी ३७ वर्षीया मीना नेपालीसँग ०६७ सालमा दोस्रो विवाह गरी पहिलो पत्नीलाई जानकारी नदिइ राखेका थिए । जेठी पत्नी सावित्रा गौतमले विवाहको जानकारी पाएपछि कानुनी कारबाहीको मागसहित ०७१ साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपितद्वयलाई साउन २३ गते गिरफ्तार गरी वहुविवाह मुद्दामा अुनसन्धान अगाडि बढाएको थियो । नारायण भुसाल

0 Comments

Related Reports
Related Trend Analysis